विवाहको २४ वर्षपछि सोहेल खान दम्पती सम्बन्ध विच्छेदका लागि अदालतमा

Read Time = 3 mins

मुम्बई । बलिउड अभिनेता सलमान खानका भाइ सोहेल खान दम्पती सम्बन्ध विच्छेदका लागि फेमिली कोर्ट पुग्नुभएको छ । विवाहको २४ वर्षपछि सोहिल र उहाँकी पत्नी सीमा खान अदालत पुग्नुभएको हो । शुक्रबार खान जोडीलाई मुम्बईस्थित फेमिली कोर्टबाहिर मिडियाले स्पोट गरिरहेका छन् । हुन त उहाहरू लामो समयदेखि अलगिएर नै बसिरहनु भएको थियो ।

सीमाले नेटफ्ल्क्सिको ‘फेबुलस लाइफस् फ बलिउड वाइफ्स’मा हुँदा श्रीमान् र आफू अलग-अलग घरमा बसिरहेको कुराले सबैको ध्यान तान्नुभएको थियो । निर्भान र योहान दुई सन्तानका आमा उहाँले कार्यक्रमकै क्रममा छोरा सोहेलसँग बस्ने भएकाले आफूले त्यति भेट्न नपाउने गुनासो पोख्नुभएको थियो ।

‘हामीसँग सबैभन्दा उत्कृष्ट परिवार छ । सोहेल सबैभन्दा उत्कृष्ट पिता हुन् । मेरा बच्चाहरू जन्मिएदेखि नै उहाँ एकदमै खुशीसाथ आउनुहुन्थ्यो । म उहाँलाई माया गर्छु, र म सधैं गर्नेछु । हाम्रो राम्रो सम्बन्ध छ,’ सोेहेलसँगको आफ्नो सम्बन्धबारे बोल्दै सीमा भन्नुहुन्छ, ‘यतिमात्रै हो कि जब तपाईं बूढो हुँदै जानुहुन्छ तपाईंको सम्बन्ध बिग्रन्छ र फरक दिशामा जान्छ । म यसमा कुनै माफी माग्दिनँ किनभने हामी खुशी छौं र मेरा बच्चाहरू खुशी छन् । सोहिल र मेरो परम्परागत विवाह होइन, तर हामी परिवार हौं । हामी एक इकाई हौं । अन्तमा सबैभन्दा महत्वपूर्ण कुरा भनेका हाम्रा सन्तानहरू नै हुन् ।’

सीमा फेसन डिजाइनर हुनुहुन्छ र मुम्बईमा एउटा फेसन पसल सञ्चालन गर्दै आइरहनुभएको छ । सुरुमा मित्रताको सम्बन्धबाट अघि बढ्नु भएका उनहाँहरू प्रेमी-प्रेमिकाको सम्बन्धमा बसेको वर्ष नै वैवाहिक बन्धनमा बाँधिने निर्णय लिनुभएको थियो । सुरुमा सीमाका परिवार उहाँहरूको निर्णयबाट असहमत भए पनि पछि राजी भएर अन्ततः उहाँहरूको विवाह सम्पन्न भएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?