नौ महिनामा बिमा संस्थानको पाँच करोड मुनाफा

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अर्थात् साउनदेखि चैतसम्ममा झण्डै पाँच करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष संस्थानले चार करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा संस्थानले खुद बिमा शुल्क आम्दानी पनि ७.४३ प्रतिशतले बढाएर सात अर्ब २७ करोड रुपैयाँ पुर्‍याएको छ ।

गत वर्ष यस्तो आम्दानी छ करोड ७७ लाख रुपैयाँ थियो । दाबी भुक्तानीतर्फ संस्थानले तीन अर्ब १२ करोड ३८ लाख रुपैयाँ भुक्तानी दिएको छ । जीवन बिमा कोषतर्फ ३२ अर्ब ४४ करोड रुपैयाँबाट बढाएर ३९ अर्ब ९९ लाख रुपैयाँ पुर्‍याएको कम्पनीको तेस्रो त्रैमाससम्मको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ पुगेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?