काठमाडौं । वीर अस्पतालले सीमित क्षेत्रमा मात्र उपलब्ध इडियुरोम सेवा थप क्षेत्रमा विस्तार गरेको छ । यससँगै इडियुरोममा आबद्ध विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थी वीर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापित हुने भएको छ ।
वीर अस्पतालका डाक्टर तथा अनुसन्धानकर्ता इडियुरोम जोडिएको नेपालको अर्को शैक्षिक तथा चिकित्साशास्त्र अध्ययन हुने संस्था साथै देशबाहिरका विश्वविद्यालयमा पुग्दा निःशुल्करूपमा इन्टरनेटमा पहुँच स्थापित हुने भएको छ ।
विश्वविद्यालय, वैज्ञानिक अनुसन्धानसम्बन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीबीच एक शैक्षिक संस्थाबाट अर्को शैक्षिक संस्थामा पुग्दा आफ्नै शैक्षिक संस्थाको युजरनेम र पासवर्डवाट इन्टरनेट पहुँच स्थापित हुने इडियुरोम सेवा हाल सयवटा देशका विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थामा सञ्चालनमा आइसकेको छ । यस सेवालाई नेपालमा विस्तार र प्रवद्र्धन गर्ने काम नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क(एनआरएइए) नामक संस्थाले निःशुल्करूपमा गर्दै आएको छ ।
साथै संस्था नेपालका विश्वविद्यालय तथा वैज्ञानिक अनुसन्धानमा संलग्न संस्थालाई एकआपसमा जोडेर वैज्ञानिक अनुसन्धान तथा सहकार्यको वातावरण बनाउन प्रयासरत रहेको छ । हाल संस्थाले उपलब्ध गराएको अनुसन्धान तथा शैक्षिक सञ्जालमा नेपालका आठ विश्वविद्यालयसहित ३० शैक्षिक तथा अनुसन्धानमा संलग्न संस्था जोडिइसकेको एनआरएइएले जनाएको छ ।
संस्थाका अनुसार यसअघि नै वीर अस्पताल विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आबद्ध भइसकेको छ । यसै नेटवर्कको सहयोगस्वरूप न्युक्लियर मेडिसिनका क्षेत्रमा केही सहकार्य हाल जारी रहेको साथै एएसआई कनेक्टको सहयोगमा भिडियो कन्फ्रेन्सिङ उपकरणसमेत न्युक्लियर मेडिसिन विभागले प्राप्त गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच