विराट गोल्डकप चैत पहिलो सातादेखि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विराट गोल्डकप चैत पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले एक विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म हुने जनाएको हो ।

यसपालीको विराट गोल्डकपको मुख्य संयोजकमा विराटनगर महानगरपलिकाका प्रमुख नागेश कोइराला रहनुभएको छ । विराट गोल्डकप ट्रष्टले गोल्डकप खेलमात्र नभई शहरका लागि पर्व पनि हुने बताएको छ ।

यस वर्ष अन्तर्राष्ट्रिय टिमसहितको कुल आठवटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकले पुरस्कार राशि वृद्धि गरिने जनाए पनि खुलाएको छैन । शहीद रंगशालामा हुने गोल्डकपको प्रत्येक खेल रात्रिकालिन समयमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?