काठमाडौं । स्टार खेलाडी लियोनेल मेस्सीको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४-० अन्तरले पराजित गरेको छ ।
घरेलु टोली मोन्टपेलिएरविरुद्ध मेस्सीले दुई गोल गर्दा केलियम एम्बाप्पे (पेनाल्टी) र एन्जल डि मारियाले एक(एक गोल गरे ।
मेस्सीको दुबै गोलमा एम्बाप्पेले अन्तिम बल उपलब्ध गराएका थिए ।
यसअघि नै फ्रेन्च लिगको उपाधी जितेको पीएसजीको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको मोनाको १५ अंकले पछि पर्दा पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १३औं स्थानमा छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं