काठमाडौं महानगरमा बालेन साह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि, सृजना सिंह पछिपछि

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चार बजेसम्मको मत परिणाम सार्वजनिक गरेको हो ।

सार्वजनिक मत परिणामअनुसार बालेन साह २८ सय २८ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १४ सय ३८ मत पाउनु भएको छ। कांग्रेसकी सिर्जना सिंहले १३ सय ४० पाउनु भएको छ ।

त्यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले २८ सय ८४ मत पाउनु भएको छ। उहाँलाई पछ्याइरहनुभएको नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले आठ सय २३ मत ल्याउनु भएको छ । अहिले ६ वटा ठाउँबाट मत गणना भइरहेको छ ।

मेयरतर्फ अन्यमा कलम १२, तराजु ४२, हलो २७६, खड्ग ५, सुगा १, तीर ७ , साँचो १, किताब ४, मकैको घोगो १, पुतली १, रिक्सा १, आँखीझ्यालले २७७ मत पाएका छन् ।

उपमेयरतर्फ छाता १, तराजु १२९, हलो ६७०, मादल १, हसिया र तारा ४, चक्का ९पाग्रों० २, कमलको फुल ३, मुटु २, खड्ग १, लौरो ३३७, क्याप १९ र आखिझ्यालले २९६ मत पाएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?