-प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीका ७ वटा स्थानीय तहमध्ये ४ पालिकाको प्रमुख पदमा एमालेको अग्रता छ। ३ वटा पालिकाको प्रमुख पदमा कांग्रेसको अग्रता छ। उपप्रमुखमा ३ पालिकामा एमाले र १ पालिकामा कांग्रेसको अग्रता छ। अन्य ३ पालिकाका उपप्रमुखमा २ पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र १ पालिकामा एमालेसँग गठबन्धनबाट उमेदवार दिएका राष्ट्रिय जनमुक्ती पार्टीले अग्रता लिएका छन्।
जिल्लाका ७ वडा पालिकाहरुमा ११ वटा वडाको परिणाम सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसका ४ एमालेका ३ र माओवादी केन्द्र र राप्रपाको २/२ र जसपाका १ जना उमेदवार वडाअध्यक्ष निर्वाचित भएका छन्।
रामग्राम नगरपालिकाको वडा नं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार रुद्र प्रकाश उपाध्याय र सोही पार्टीका वडा नं ३ का उमेदवार उज्वल न्यौपाने (बेबी) वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । वडा नं २ को वडाअध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उमेदवार निरज रौनियार निर्वाचित हुनु भएको छ ।
त्यस्तै सुनवल नगरपालिकाको वडा नं १ मा एमालेका मनबहादुर थापा र वडा नं २ मा एमालेकै राजेन्द्र यादव वडाअध्यक्षमा निर्वाचित हुनुभयो ।
बर्दघाट नगरपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका सन्दिप सापकोटा र वडा नम्बर १६ नेपाली काङ्ग्रेसका भिम काजी गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । प्रतापपुर गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र बहादुर थारुसहितको प्यानल निर्वाचित भएको छ।
सरावल गाउँपालिका वडा नं ७ को वडाअध्यक्षमा माओवादी केन्द्रका ह्यात खाँ धुनिया सहितको प्यानल निर्वाचित भएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नं १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका चुल्हाई प्रसाद यादवसहितको प्यानल निर्वाचित हुनु भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच