डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छ : अर्थमन्त्री महत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उद्योगीहरुको विद्युत लाइन काटेको कुरालाई सरकारले चाँडै टुंगो लगाउने बताउनुभएको हो । उहाँले विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताउनु भयो । उहाँले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउनु नहुने बताउनु भयो । उहाँले डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भयो, यसको चाँडै टुंगो लाग्नुपर्‍यो । त्यो सत्य हो, त्यसलाई चाँडै समाधान गर्नुपर्छ । यसलाई इज्जतको प्रश्न बनाउनु हुँदैन । यसलाई यथार्थ, जुन बेला साँच्चिकै लोड सेडिङ थियो, म त्यो बेलामा उर्जामन्त्री थिएँ । भर्खर हामीले लगानीको संरचना बनाउँदै थियौँ । त्यो बेला १६/१७ घण्टासम्म लोडसेडिङ थियो । त्यो बेलामा प्रिभिलेज थियो । कन्जुमरलाई पनि काटेर दिने । त्यो एक्ज्याक्ट समय के हो र कसरी उसले डिफाइन गरेको छ । त्यसको यथार्थको आधारमा यसको चाँडै टुंगो लाग्नुपर्छ । यसलाई हामीले अन्योलको विषय बनाएर थप अन्योल सिर्जना गर्नु हुँदैन । यस विषयमा निजी क्षेत्रको साथीहरुसँग बसेर यथार्थ के हो ? तिर्नुपर्ने कति हो त ? निक्र्यौल गरेर यसको टुंगो हामी लगाउँछौँ ।’

अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै चलायमान भइरहेकाले थप सकारात्मक कुराहरुको आवश्यकता रहेको बताउनु भयो ।

-न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?