बेलवासेलाई ५० हजार राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’

Read Time = 2 mins

काठमाडौं । साहित्यकार एवं पत्रकार ठाकुर बेलवासेलाई ५० हजार राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ प्रदान गरिने भएको छ । नइ प्रकाशनले बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ प्रदान गर्ने भएको हो ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यमा क्रियाशील कञ्चनपुरका जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’ र तेस्रोलिंगी शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’प्रदान गर्ने भएको छ । यी पुरस्कारका राशि ताम्रपत्रसहित जनही पचास हजार रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै प्रकाशनले मिस नेवा सुश्री महर्जनलाई ताम्रपत्रसहित पच्चीस हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गर्ने भएको छ । यस्तै प्रकाशनले सुनगाभा विशेषज्ञ प्रा.डा.पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार लिगललाई ‘नइ रेखा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजार रुपैयाँ रहेका छन् ।

बेलवासेले हालै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने ‘राष्ट्रिय पत्रकारिता पुरस्कर ‘२०७८’ प्राप्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?