एनएसएलको दोस्रो संस्करणका लागि पुनः अक्सन हुने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि पुनः खेलाडी अक्सन हुने भएको छ । दोस्रोपल्टको अक्सन आगामी असोज १९ गते हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार अक्सनका लागि असोज ५ गते खेलाडीहरूको नामावली टोलीहरूलाई उपलब्ध गराइने भएको छ ।

मंसिर ८ देखि पुस २१ सम्म आयोजनाका लागि तय भएको दोस्रो संस्करणमा १० टोलीले सहभागिता जनाउँदैछन् । यसअघि पहिलो संस्करणमा सात टोलीको सहभागिता रहे पनि यस सिजनमा तीन टोली थपिएको हो । अघिल्लो वर्ष नै हुनुपर्ने लिग एन्फा, ‘ए’ डिभिजन लिगको विरोधका कारण हुन सकेको थिएन ।

एनएसएलले दोस्रो संस्करणको यसअघि नै अक्सन गरिएको थियो । तर, अधिकांश खेलाडी पलायनका कारण पुनः अक्सन गर्न लागिएको आयोजकले जनाएको छ । अक्सनका लागि आयोजकले असोज ५ गतेसम्म खेलाडी सूची फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने भनेको छ ।
एनएसएलमा साबिक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब, फुटबल क्लब चितवन, नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगञ्ज युनाइटेड एफसीले खेल्नेछन् ।

यसपालि एनएसएलका खेलहरू उपत्यकाबाहिर पनि खेलाउने तयारी गरिएको छ । लिगमा सहभागी पूर्वका विराटनगर, इलाम र झापाका टोलीहरूको खेल विराटनगरमा गर्ने तयारी गरिएको छ । बाँकी खेलहरू भने दशरथ रंगशालामा हुनेछन् । आयोजकले छिट्टै लिगको खेल तालिका सार्वजनिक गर्ने तयारीसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए