एनएसएलको दोस्रो संस्करणका लागि पुनः अक्सन हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि पुनः खेलाडी अक्सन हुने भएको छ । दोस्रोपल्टको अक्सन आगामी असोज १९ गते हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार अक्सनका लागि असोज ५ गते खेलाडीहरूको नामावली टोलीहरूलाई उपलब्ध गराइने भएको छ ।

मंसिर ८ देखि पुस २१ सम्म आयोजनाका लागि तय भएको दोस्रो संस्करणमा १० टोलीले सहभागिता जनाउँदैछन् । यसअघि पहिलो संस्करणमा सात टोलीको सहभागिता रहे पनि यस सिजनमा तीन टोली थपिएको हो । अघिल्लो वर्ष नै हुनुपर्ने लिग एन्फा, ‘ए’ डिभिजन लिगको विरोधका कारण हुन सकेको थिएन ।

एनएसएलले दोस्रो संस्करणको यसअघि नै अक्सन गरिएको थियो । तर, अधिकांश खेलाडी पलायनका कारण पुनः अक्सन गर्न लागिएको आयोजकले जनाएको छ । अक्सनका लागि आयोजकले असोज ५ गतेसम्म खेलाडी सूची फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने भनेको छ ।
एनएसएलमा साबिक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब, फुटबल क्लब चितवन, नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगञ्ज युनाइटेड एफसीले खेल्नेछन् ।

यसपालि एनएसएलका खेलहरू उपत्यकाबाहिर पनि खेलाउने तयारी गरिएको छ । लिगमा सहभागी पूर्वका विराटनगर, इलाम र झापाका टोलीहरूको खेल विराटनगरमा गर्ने तयारी गरिएको छ । बाँकी खेलहरू भने दशरथ रंगशालामा हुनेछन् । आयोजकले छिट्टै लिगको खेल तालिका सार्वजनिक गर्ने तयारीसमेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?