धनगढी । धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले अगाडि बढ्नुभएको छ ।
मंगलबार बिहानसम्म १४ हजार ७३६ मतगणना हुँदा हमालले ६ हजार ५९६ मत ल्याउनु भएको छ । हमाललाई पच्छ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ३ हजार ३५४ मत मात्र पाउनुभएको छ । एमालेका रणबहादुर चन्दले २ हजार ६७४ मत ल्याउनु भएको छ ।
मेयरमा हमाल जिततिर अगाडि बढ्नुभएको छ । वड र चन्दको संयुक्त मत जोड्दा पनि हमालको मत बढी हुन्छ । वड र चन्दको संयुक्त मत ६ हजार २८ मात्र पुगेको छ । धनगढीमा ५२ हजार १८१ सय मत खसेको थियो ।
वड सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । उहाँ धनगढीका निवर्तमान मेयरसमेत हुनुहुन्छ ।
उपमेयरमा गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीले सुरुवातमा फराकिलो अन्तरले लिड गरेपनि एमालेकी उम्मेदवार कन्दकला राननले अहिले मतान्तर घटाउनु भएको छ ।
अधिकारीले २ हजार ९४० मत प्राप्त गर्दा रानाले २ हजार ८४५ मत पाउनु भएको छ । उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीले १ हजार ६४८ मत प्राप्त गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच