सङ्खुवासभाको चैनपुरमा नेकपा एमाले विजयी

Read Time = 1 min

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ छ हजार ७५७ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले पाँच हजार ९४० मत ल्याउनुभएको छ ।

उपप्रमुखमा नेकपा एमालेकै एलिना श्रेष्ठ विजयी हुनुभएको छ । उपप्रमुख श्रेष्ठले छ हजार ३०५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट माओवादी केन्द्रका लाखमान तामाङले पाँच हजार ४३० मत पाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?