रास्वपालाई गगन थापाको प्रश्न : सरकार छाड्दा समर्थन फिर्ता लिनुपर्दैन ?

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा किन गएको ? भनि प्रश्न गर्नु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।

उहाँले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकोमा पनि सो पार्टीप्रति असन्तुष्टि जनाउनु भयो ।

महामन्त्री थापाले भन्नु भयो, ‘पूराना नेताहरुलाई नो नट अगेन भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएको ? सरकारमा किन गएको भनेर भन्न नपर्ने । सरकारको गएको मान्छे फेरी किन बाहिर गएको ? अनि अहिले सरकारबाट बाहिर किन गएको भन्दै गर्दाखेरी हामीसँग गरिएको सहमती पालना भएन भन्ने । सहमती कसले पालना नगरेको ? प्रधानमन्त्रीले पालना गरेको । सबैभन्दा बढि रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि अहिले सरकार छोडदै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन । कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाँही प्रश्न सोध्नै नहुने हो ?’

महामन्त्री थापाले नेपालको लोकतन्त्रको रक्षाका लागि प्रेसमा पनि सुधारको आवश्यक्ता रहेको बताउनु भयो ।

महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गर्नु भयो ।

उहाँले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढने बताउनु भयो ।
महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?