स्याङ्जामा हेलिकप्टर पाइलटसँग अभद्र व्यवहार गर्ने ६ जना युवा पक्राउ

Read Time = 1 min

कास्की । हेलिकप्टर पाइलट रानेश डंगोलसँग अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यामबहादुर गुरुङ, सुरेश श्रेष्ठलगायत ६ जना रहेका छन् । उनीहरूलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माघ ५ गते खेल भइरहेको समयमा वालिङकै स्थानीय विनोद गैह्रे, उज्वल थापा, सुशील गिरी र खिमबहादुर रानाले खेलमैदानमा नै प्रभुको हेलिकप्टर अवतरण गर्न लगाएका थिए । हेलिकप्टर ल्यान्ड गरेपछि स्थानीय युवाले पाइलटमाथि हातपात गरेका थिए । सोही विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?