काठमाडौं । स्थानीय तहको निर्वाचनपछि मंगलबार खुलेको सेयर बजार ८४.९० अंकले घटेको छ । नेप्से घटेर २२६५.५२ अंकमा झरेको हो । नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । अघिल्लो साता कारोबार रकम दुई अर्ब नाघेकोमा यस दिन एक अर्ब ६४ करोड ४० लाख ९६ हजार एक सय ९२ रुपैयाँमा झरेको छ । दुई सय २१ कम्पनीका ३५ लाख ९५ हजार सात सय ४८ कित्ता सेयर कारोबार भएकोमा आठवटाको मूल्य बढेको छ भने दुई सय आठवटाको घटेको छ ।
कारोबारमा आएका १३ वटै समूहको सेयर मूल्य घटेको छ । अन्यको ६.०१ प्रतिशत, फाइनान्सको ५.७५ प्रतिशत र हाइड्रोपावरको ५.२८ प्रतिशतले घटेको हो । तर, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४.९६ प्रतिशत बढेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै नौ करोड ७९ लाख नौ हजार रुपैयाँको कारोबार भएको छ ।
जाल्पापछि सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको पाँच करोड ६९ लाख ५१ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको पाँच करोड ५६ लाख ३४ हजार रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको पाँच करोड ५२ लाख ६५ हजार रुपैयाँ र माथिल्लो तामाकोशी हाइड्रोपावरको पाँच करोड १९ लाख ७२ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल