विन नेपाल लघुवित्तको लाभांश घट्यो

Read Time = 1 min

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश घटेको छ । यसअघि ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले अब १.६७ प्रतिशतमात्रै लाभांश वितरण गर्ने गरी संशोधन भएको छ ।

लघुवित्तको वैशाख २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पुँजी सात करोड २४ लाख ४१ हजार तीन सय रुपैयाँको ९.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले यसअघि २०७८ चैत १३ गते चुक्ता पुँजी छ करोड १५ लाख रुपैयाँको आव २०७७/०७८ देखि ११ प्रतिशतले हुन आउने बोनस ६७ लाख ६५ हजार रुपैयाँ सेयर तथा ०.५० प्रतिशतले हुन आउने तीन लाख ३८ हजार दुई सय ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?