यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिददर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसा कायम गरेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ तथा बिक्री दर १३२.६९ रुपैयाँ रहेको थियो, त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५५ रुपैयाँमा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५५ पैसा र बिक्री दर १६९ रूपैयाँ ३१ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३० रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५ रुपैयाँमा खरिद बिक्री गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?