दाङ । सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्दै माओवादीले दार्मामा क्लिनस्वीप गरेको हो ।
अध्यक्षमा माओवादीका निमबहादुर केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गर्नुभयो ।
रामचन्द्रलाई १ हजार ४५० मतको फराकिलो मतान्तरले निम बहादुरले पराजित गर्नुभएको हो। उपाध्यक्ष माओवादी केन्द्रकै जुना मल्ल ४४६६ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उषा चन्दले २ हजार ८६४ मत ल्याउनुभएको छ । मल्लले १ हजार ४५२ मतले चन्दलाई पराजित गर्नुभएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन हुँदा वडा नं १ जितेको थियो । तर, यस पटक माओवादीले दार्मामा वडा नं १, २, ३, ४, ५ र ६ मा जितेको हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल