नवलपरासीको सरावलमा एमालेका उम्मेदवार बिजयी

Read Time = 2 mins

प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उमेदवार विजयी हुनु भयो । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन विजयी हुनु भएको छ ।

अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे। चौधरीले ७ हजार ५९ ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याउनु भएको छ । त्यस्तै उपाध्यक्षमा निर्वाचित हरिजनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित हुनु भयो ।

हरिजनको ५७ सय ४३ मत छ भने रायको ५३ सय ४९ छ। पराजित राय निवर्तमान उपाध्यक्षसमेत हुनुहुन्थ्यो । यसअघि गाउँपालिकामा दुबै पद कांग्रेस (अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक, पछि कांग्रेसमा समाहित) ले जितेको थियो ।

७ वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा एमालेका विष्णुप्रसाद भट्टराई, वडा नं। २ मा नेपाली कांग्रेसका शम्भुप्रसाद चौधरी वडाध्यक्षमा विजयी हुनु भएको छ । वडा नं। ३ को अध्यक्षमा राप्रपाका फिरङ्गी चौधरी र वडा नं। ४ मा एमालेका सुरेश यादवले वडाध्यक्षमा विजयी हुनु भएको छ । वडा नं। ५ मा नेपाली कांग्रेसका लक्ष्मणप्रसाद चौधरी, वडा नं। ६ मा नेपाली कांग्रेसका छोटेलाल गुप्ता र वडा नं। ७ मा माओवादी केन्द्रका हेयात खाँ धुनिया वडाअध्यक्षमा निर्वाचित हुनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?