प्रदूषणका कारण हरेक वर्ष ९० लाख मानिसको मृत्यु

Read Time = 2 mins

नयाँदिल्ली । मानव जीवनका लागि खतरा बन्दै गएको छ प्रदूषण । प्रदूषण हाम्रो शरीरका लागि राम्रो होइन यो हामी सबैलाई थाहा छ । तर, पनि प्रदूषणका कारण हरेक वर्ष मृत्यु हुनेको संख्या बढ्दै गएको छ । एक नयाँ अनुसन्धानबाट थाहा लागेको छ कि विश्वस्तरमा नै हरेक वर्ष प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु हुने गरेको छ ।

यसरी मृत्यु हुनेमा सबै प्रकारको प्रदूषण रहेको अध्ययनबाट पुष्टि भएको छ । यसमा गाडीहरू र उद्योगको दूषित हावाले मृत्यु हुनेको संख्या बढी छ । यसबाट सन् २००० पछि मृत्यु हुनेको संख्या ५५ प्रतिशतसम्म बढेको छ ।

द ल्यान्सेट प्लयानेटरी हेल्थ जर्नलमा प्रकाशित एक नयाँ खोजका अनुसार कुल प्रदूषणबाट हुने मृत्युको शीर्ष १०मा अमेरिका रहेको छ । आठौँ स्थानमा इथोपिया, सातौँ स्थानमा बंगलादेश छन् । भारत र चीन प्रदूषणका कारण हुने मृत्युमा सबैभन्दा अगाडि छन् । भारतमा हरेक वर्ष करिब २४ लाख र चीनमा २२ लाख मानिसको प्रदूषणका कारण मृत्यु हुने गर्दछ ।

यी दुई देशमा नै संसारको सबैभन्दा बढी जनसंख्या रहेको छ । अध्ययनमा भनिएको छ, प्रदूषणबाट संसारमा एक वर्षमा त्यतिकै मानिसको मृत्यु हुने गर्दछ जति मृत्यु चुरोटको सेवन गर्दा हुने गर्दछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?