वाणिज्य बैंकका ग्राहकलाई अक्षित रिसोर्टमा छुट

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सिन्धुली मूलकोटमा रहेको अक्षित रिसोर्ट एन्ड र्‍याफ्टिङबीच बैंकका ग्राहकलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सक्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोप्राइटर रश्मी बस्नेतले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले डिजिटल बैंकिङबाट रकम भुक्तानी गर्दा रिसोर्टले पेयपदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ । कार्यक्रममा बैंकका विभागीय प्रमुखहरू दुर्गाकुमारी कँडेल, सरोज बस्नेत, रिसोर्टका रामप्रसाद नेपाललगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?