लेस्टरसँग बराबरीमा रोकियो चेल्सी

Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए ।

चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट खेल १-१ को स्थितिमा ल्याए ।

बराबरिसंगै ३६ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा छ । समान खेलबाट ४९ अंक सहित नवौं स्थानमा छ ।

अर्को खेलमा क्रिष्टल प्यालेससंग २-० ले पछि परेको स्थिति उल्टाउँदै ३-२ को जित निकालेर एक खेक बाकी रहदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो ।

जितसंगै एभर्टन ३७ खेलबाट ३९ अंक सहित १६औं स्थानमा छ । प्यालेस ४५ अंकसहित १३औं स्थानमा छ ।

एभर्टनको जितसंगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ । अब वर्नली र लिड्स युनाइटेड मध्य एक दोस्रो डिभिजनमा घटुवा हुनेछन् ।

यस अघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?