मोटरसाइकल भ्यानसँग ठोक्किँदा दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । चितवनमा यात्रु बोक्ने म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको भरतपुर महानगरपालिका-१५ मा बिहीबार साँझ साढे सात बजेतिर भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६०५ नम्बरको म्याजिक भ्यानले भरतपुरतर्फ आउँदै गरेको ना २३ प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-५ का ४० वर्षीय यज्ञ शर्मा र म्याजिकका यात्रु स्याङ्जाका २४ वर्षीय नविन नेपाली रहेको प्रहरीले जनाएको छ ।

नेपालीलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यस्तै शर्माको उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनामा अन्य दुई जना पनि घाइते भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?