कल्याणपुरमा कांग्रेसको गढ तोड्दै मेयर/उपमेयरमा एमाले विजयी

Read Time = 3 mins

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका प्रमुखमा एमालेका रामपुकार साह तेली विजयी हुनुभएको छ । उहाँले पाँच हजार ८८३ मत पाउनु भयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका धर्मनाथ यादवले पाँच हजार ३५३ मत ल्याउनु भयो ।

उपप्रमुखमा पनि एमालेकै रेखाकुमारी यादव विजयी हुनुभयो । उहाँले पाँच हजार ७३३ मत प्राप्त गनुृभयो । प्रतिस्पर्धी कांग्रेसका धनेश्वरीदेवी मण्डलले पाँच हजार ४७० मत र जसपाका मसुदा खातुनले चार हजार ५४५ मत प्राप्त गर्नुभयो ।

१२ वडा रहेको पालिकामा जसपा तीन, एमाले पाँच, कांग्रेस दुई, एकीकृत समाजवादी एक र जनमत पार्टी एक वडामा विजयी भएको छ । ०७४ को निर्वाचनमा नगरपालिका प्रमुखमा कांग्रेसका सूर्यनाथ मण्डल निर्वाचित भएका थिए।

वडा नम्वर १, २ र १० मा जसपाका वडाध्यक्ष विजयी भएका छन्। वडा नम्वर १ मा ६ सय ५४ मत प्राप्त गर्दै जयराम कामती, २ मा ६ सय ९६ मत प्राप्तसहित मो। साकिर र वडा नम्वर १० मा ६ सय ४९ मत प्राप्त गर्दै नन्दकिशोर साह निर्वाचित हुनुभयो ।

एमालेबाट वडा नम्वर ३ मा एक हजार ५८ मतसहित रामदुलार मण्डल, ४ मा नौ सय ५९ मतसहित प्रदिपकुमार यादव, ६ नम्वर वडामा तीन सय १३ मतसहित दिनेश यादव, वडा नम्वर ११ मा आठ सय २५ मतसहित परमेश्वर साह र १२ नम्वर वडामा एक हजार दुई सय ७४ मतसहित दिलीपकुमार यादव विजयी हुनुभयो ।

कांग्रेसका कुलदीप यादव सात सय ९५ मतसहित वडा नम्वर ५ र वडा नम्वर ८ बाट रामकिशोर यादव सात सय तीन मतसहित विजयी हुनुभयो ।

एकीकृत समाजवादीका विष्णुदेव यादव नौ सय २८ प्राप्त गर्दै वडा नम्वर ८ को वडाध्यक्ष निर्वाचित हुनुभयो ।जनमत पार्टीका विनोदकुमार यादव पाँच सय चार मत प्राप्त गर्दै वडा नम्वर ९ मा विजयी हुनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?