आइएमई पेको सुनको सिक्का उपहार

Read Time = 1 min

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेले हवाई टिकट खरिदमा निःशुल्क सुनको सिक्का उपहार योजना ल्याएको छ । आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने दुई भाग्यशालीले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउनेछन् । साथै योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट खरिद गर्दा दैनिक एक भाग्यशालीले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता एक भाग्यशालीले एउटा चाँदीको सिक्का पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।

हवाई यात्रुको सहजताका लागि आइएमई पे एप जस्ता मोबाइल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न सकिन्छ । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुमध्ये हरेक १५ दिनमा एक भाग्यशालीले एक सुनको सिक्का बम्पर उपहारस्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?