सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ परेका छन् ।

मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी एक किशोरीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ ।

ती युवतीले आठवर्षपछि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै घटनाका बारेमा खुलासा गरेकी थिइन् ।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए ।

सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।

तर जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको भन्दै संसदमा समेत यो बिषयमा चर्चा भएको थियो ।

संसदमा सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।

निर्देशनपछि प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।

समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन्।

https://twitter.com/NepalPoliceHQ/status/1527682375685054464

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?