कोहलपुरमा कांग्रेस विजयी

Read Time = 2 mins

कोहलपुर । स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । कांग्रेसबाट उम्मेदवार बन्नुभएका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी हुनुभएको हो ।

उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी हुनुभएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी०को तर्फबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानले नौ हजार ७२५ मत प्राप्त गर्नुभएको थियो ।

पन्ध्र वडा रहेको कोहलपुरमा कांग्रेसले वडा नं २, ४, ६, ८, १०, १२, १३, १४ र १५ गरी नौ वटा वडा जितेको छ । एमालेले वडा नं।३, ५, ७ र ११ नं वडामा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं १ र ९ मा जित हासिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?