बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर

Read Time = 2 mins

-डम्मर बुढा मगर
बागलुङ र बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १६ वर्षीय बिट्टु विक, १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी घाइते भएको रानाको भनाई छ । घाइते सबैको मुखबाट रगत बगेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पाल्पा स्थित मिसन अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ ।
आइतबार दिउँसो तीन बजे स्थानीय कालीप्रसाद विक र पुणराम कामीको घरमाथि चट्याङ परेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?