काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन लिटरमा १० रुपैयाँ बढाएको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढेको हो ।
अब पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रुपैयाँ लिटर पर्नेछ । त्यस्तै, एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक एक अर्ब, डिजेलमा तीन अर्ब ४० करोढ र एलपी ग्यासमा तीन अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल