हरि उप्रेतिको ‘त्यो मन’

Read Time = 1 min

काठमाडौं । गीतकार हरि उप्रेतिको गीत ‘त्यो मन’ श्रोता/दर्शकमाझ आएको छ । तृप्ति खडका गुरुङ र मोहन नेपालीको स्वर, तृप्तिकै संगीत, आकाश नेपालीको मिक्सिंग/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्टुडियो भिडियोमा विजय गुरुङको निर्देशन, सम्पादन र छायांकन छ । गीतको भिडियो हरि उप्रेतिको अफिसयल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हरि उप्रेति नेपाली साहित्य तथा गीतसंगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत, गजल, भजन लोकप्रिय छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसंग्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?