काठमाडौं । पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बागमती प्रदेशले जितेको छ । दुई खेलको टी-२० शृंखला बागमतीले २-० ले जितेको हो । दोस्रो खेलमा बागमतीले मधेश प्रदेशलाई दुई विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । सागर चेपाङले ३१ रन जोड्नुभयो । प्रत्युत्तरमा बागमतीले १९.४ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । शान्त पहरीले ३८ रन बनाउनुभयो ।
राष्ट्रिय नेत्रहीन क्रिकेट संघको तत्वावधानमा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शान्त ‘म्यान अफ द सिरिज’ घोषित हुनुभयो । सिरिजमा शान्तले ६९ रन बनाउनुका साथै चार विकेट पनि लिनुभयो । पहिलो खेलमा बागमतीले मधेश प्रदेशलाई सात विकेटले हराएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र