काठमाडौं । नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/०८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्न बागमती प्रदेशस्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम आयोजना गरेको छ । वैशाख ४ गतेदेखि ७ गतेसम्म धुलिखेलमा आयोजित गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बागमती प्रादेशिक कार्यालय र सोअन्तर्गतका सम्पूर्ण शाखाका ६० जना शाखा प्रबन्धकको सहभागिता थियो ।
प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनद्वारा संयुक्तरूपमा आयोजित गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलपमेन्टसम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै सोही जनशक्तिको कडा मिहिनेतले नै नेपाल बैंक सबल र प्रतिस्पर्धी बैंकका रूपमा अगाडि आएको बताउनुभएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :