कांग्रेसले निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छः कांग्रेस प्रवक्ता महत

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गर्नुभएको छ ।

आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो ।

‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ,’ प्रवक्ता महतले भन्नुभयो, ‘तालमेलसहित निर्वाचनको परिणाम हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हासिल गरेको महसुस गरेका छौँ ।’

निर्वाचन स्वतन्त्र र निस्पक्ष ढंगले सम्पन्न भएको उहाँले बताउनु भयो। कांग्रेसको सरकार भएको बेला भयरहित, स्वतन्त्र र निश्पक्ष निर्वाचन हुने दाबी पनि उहाँले गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?