लागू औषध गाँजासहित सर्लाहीबाट ६ जना पक्राउ

Read Time = 2 mins

-प्रकाश मैनाली
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १३ पत्थरकोट बाट नेपाल प्रहरिले लागू औषध गाँजासहित ६ जना पक्राउ गरेको छ ।

सुराकिको आधारमा प्रहरिले सर्लाही लालबन्दी नगरपालिका वडा नं १३ पत्थरकोट बाट लागू औषध गाँजा  २ सय ३७ केजी  तथा ओसारपसारमा प्रयोग भएको २ वटा मोटरसाईकल सहित ६ जान पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा सर्लाही लालवन्दी नगरपालिका वडा नं १३ पत्थरकोट वस्ने वर्ष ३८ को कान्छा मान थिङ ,लालवन्दी १३ कै वर्ष २१ को सुनिल दोङ , वर्ष १९ को बिशाल थिङ, वर्ष २१ को मिलन थिङ , वर्ष १९ को निकेश दोङ , वर्ष १९ को राज वम्जनलाई आज बिहान पक्राउ गरेर  जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिने ईलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीका प्रमुख शान्ताराम कार्कीले बताउनु भयो ।

पहिले घर बाहिर तथा जङगलमा यस्ता काय गर्ने गरेको पाइएपनि यस पटक घर भित्रै कोठामा प्लाष्टिकको बोरा तथा प्लाष्टिकले बेरिएको अबस्थामा ४६ वटा पोकामा लागू औषध गाँजा भेट्नुले यसमा ठूलै समूह लागेको अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?