यामाहाको नयाँ बाइक नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । यामाहाको सुविधासम्पन्न बाइक आर १५ नेपाली बजारमा आएको छ । कम्पनीका अनुसार एम र आर-सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याति कमाएका बाइकको पाँचौँ जेनेरसनको आर १५ खासगरी ट्र्याक स्पिड, कर्भ, र स्पोटर््स बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो । जसमा नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ-कनेक्टका साथ तयार पारिएको ‘टु-लेभल सिट’ लगायतका विशेषता रहेका छन् ।

एसिस्ट एन्ड स्लिपर क्लच र भिभिए जस्ता प्रणालीले अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको छ । बाइक दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले जनाएको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्यनजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादनका लागि ‘ट्र्याक मोड’ र शहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रिट मोड’ मा स्विच गर्न सक्ने सुविधा रहेको छ ।

एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरका लागि ‘गुगल प्ले स्टोर’ र ‘एप्स स्टोर’ मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लुटुथमार्फत् जोडेपछि केही फंक्सन एलसिडी क्लस्टरमा डिस्प्ले हुने र वाइ कनेक्टमार्फत् चालकले फोनकल, एसएमएस र इमेल अलर्टजस्ता सूचना पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको कम्पनीले जनाएको छ । आर १५ को मूल्य पाँच लाख ७९ हजार नौ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?