नेपाल लाइफको बिमा जनचेतना ‘अमूल्य जीवन’

Read Time = 1 min

प्युठान । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमासम्बन्धी सचेतना कार्यक्रम प्युठानको जुम्री बजारबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्युठान तथा रूपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।

सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीयस्तरमा आमनागरिकको घरदैलोमै पुगेर बिमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका खेल्ने बताइएको छ ।

बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिको निर्देशनअनुसार बिमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?