नवलपरासीको बर्दघाटको एस मोडमा दुर्घटना, ११ जना घाइते

Read Time = 1 min

प्रकाश न्यौपाने
नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट स्थित दाउन्ने एस मोड भन्दा १ सय मिटर उत्तरमा सवारी दुर्घटना हुदा ११ जना घाईते भएका छन् ।

काठमाडौ देखि बुटवल तर्फ आउँदै गरेको लु १ ख ८७७१ नम्बरको बस र एच ए ०४ ईएल ७८६० नम्बरको क्लिङकर बोकेको ईन्डयन ट्रक एक आपसना ठक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यलय बर्दघाटका प्रमुख कृष्ण प्रसाद घिमिरेले जानकारी दिनु भयो । दुर्घटनाबाट घाइते हुनुभएकाहरुलाई प्राथमिक उपचारका लागि अहिले चिसापानी अस्पतालमा लगिएको छ ।

घाईतेहरू मध्ये ९ जनाको अबस्था सामान्य रहेको २ जनाको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?