काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी हुन भएको छ । मतगणना जारी रहँदै बालेनले जित हासिल गर्नुभएको हो ।

काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ तर बालेन र दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अन्तर रहेकोले जीत पक्का भएको हो ।

काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । यद्यपी आधिकारीक घोषणा हुन भने बाँकी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?