काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार अस्ट्रियाको इन्सबक जाँदै हुनुहुन्छ । अस्ट्रियन ओपन वल्र्ड र्याङकिङ जी-२ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का त्यसतर्फ जान लाग्नुभएको हो ।
उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने खड्का एक्लो हुनुहुन्छ । प्रतियोगिता मे २८ देखि २९ तारिखसम्म हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले खड्कालाई एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । सदस्य-सचिव घिसिङले खेलाडीका साथै नेपाली निर्णायकहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउनु राम्रो पक्ष भएको धारणा व्यक्त गर्नुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल