‘झोलुंगे पुलमा मेरो जीवन’ कृति सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मुकुन्दप्रसाद उपाध्यायको आत्मसंस्मरणात्मक कृति ‘झोलुंगे पुलमा मेरो जीवन’ (अनेक भोगाई) सार्वजनिक गरिएको छ । झोलुंगे पुलको निर्माणमा जीवनको लामो कालखण्ड बिताउनुभएका उपाध्यायको यस कृति मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वसचिव श्यामप्रसाद अधिकारीसहित मञ्चासिन अतिथिहरूले कृतिको एकसाथ विमोचन गर्नुभयो । विमोचन पश्चात पूर्वप्रशासक श्यामप्रसाद अधिकारीले डेढ वर्षअघि दिवंगत भएका ई.मुकुन्द उपाध्यायको कर्मशीलताको चर्चा गर्नुभएको थियो । भाइ समानका उपाध्यायको निधनले आफू मर्माहत भएको बताउँदै उहाले यस पुस्तकले झोलुंगे पुलका बारेमा राम्रो जानकारी दिने उल्लेख गर्नुभयो ।

पूर्वसचिव डा.द्वारिकानाथ ढुंगेलले उपाध्यायको प्राविधिक क्षेत्रका नयाँ पुस्तालाई अग्रजहरूले आजभन्दा ५०/६० वर्षअघि के कस्तो अवस्थामा कसरी काम गर्नुपरेको थियो भन्ने कुराको जानकारी यस पुस्तकले गराउने बताउनुभयो ।

कार्यक्रममा उपाध्यायका सहकर्मी ई.कल्याण ज्ञवाली, पूर्वसहसचिव डा.जगदीशचन्द्र बराल, उपाध्यायका सुपुत्र प्रमोद पोखरेलले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा श्यामप्रसाद अधिकारीनै सभापति रहनुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?