आँचल र विवेक ‘वर एण्ड वधु’

Read Time = 3 mins

काठमाडौं । एक भव्य समारोहबीच नयाँ नेपाली चलचित्र ‘वर एण्ड वधु’को औपचारिक निर्माण घोषणा गरिएको छ । मिलन चाम्सको निर्देशनमा बन्ने यो चलचित्रको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण टिमसँगै कलाकार चिनाइयो ।

चलचित्रमा मुख्य नायिकाको भूमिकामा आँचल शर्मा रहनुहुनेछ । साथै नायकमा भने नयाँ कलाकार विवेक कर्मचार्यलाई राखिएको छ । चलचित्रमा आँचल र विवेकको जोडी बाँधिने बताइएको छ ।

उहाँहरूसँगै चलचित्रमा साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्कालगायतको अभिनय रहनेछ । साथै चलचित्रमा नायिका साम्राज्ञी गेष्ट रोलमा रहने पनि जानकारी गराइयो ।

चलचित्र यही जेठको अन्तिमबाट छायांकनमा निस्किने बताइएको छ । रोमानिया, इटली, फ्रान्स र नेपालमा खिचिने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेख्नुभएको हो ।

नायिका आँचलले निर्देशक चाम्ससँग पहिलोपटक सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले यस चलचित्रमा दर्शकले आफूलाई अलग रूपमा देख्न पाउने जानकारी गराउनुभयो । यस्तै निर्देशक चाम्सले विगत चार वर्षअगाडिदेखि आँचल शर्मासँग चलचित्रमा सहकार्य गर्ने इच्छा पूरा भएको बताउनुभयो ।

यो चलचित्रका लागि अभिनेत्री शर्माले १० केजी तौल घटाउनु भएको छ । यस्तै चलचित्र नेपालीसँगै हिन्दी भाषामा पनि निर्माण हुने बताइएको छ । चलचित्रमा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुसालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, राजेश पायल राई, दीपक लिम्बू, अञ्जु पन्त, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दासको गीतमा स्वर रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?