विद्यार्थी संगठनले राजधानीमा टर्च लाइट जुलुस गर्दै

Read Time = 2 mins

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले आज टर्च लाइट जुलुस निकाल्दै छन् ।

बिहीवार साँझ काठमाडौंका विभिन्न स्थानमा टर्च लाइट जुलुस निकाल्न लागिएको हो । जनता मारमा परेको बेलामा पनि सरकारले जनताकै ढाड सेक्ने काम गरेको भन्दै सरकार खोज्नको लागि विद्यार्थी संगठनले टर्च लाइट जलुस निकाल्न लागेको हो ।

सरकारले गत आईतवार प्रति लिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईको इन्धनको मूल्य १६६ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय पुर्याएको छ ।

यसको बिरोधमा विद्यार्थी संगठनहरुले चरणवद्ध बिरोधप्रदर्शन गर्दै आएका छन् । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृृद्धि अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै भएकाले मूल्यवृद्धि फिर्ता गर्न नसकिने बताउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?