गाडी दुर्घटनामा घाइते भरतपुरमहानगर प्रमुख दाहाल खतरामुक्त

Read Time = 1 min

ललितपुर । जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आफू चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते हुनुभएको छ ।

उहाँ सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते दाहालको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ । उहाँको टाउकोमा चोट लागेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?