नेपाल प्रेस युनियनका पत्रकार स्थापना दिवस मनाउन पुगे आश्रममा

Read Time = 3 mins

-रामचन्द्र रायमाझी
पाल्पा । नेपाल प्रेस युनियन पाल्पामा आवद्ध क्रियाशिल पत्रकारहरु तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेका छन् । शुक्रबार आफ्नो ३१ औं स्थापना दिवस बनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् । आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिसँग बसेर युनियनले आफ्नो स्थापना दिवस मनाएको हो ।

श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणका लागि २०४८ जेठ १३ गते स्थापना भएको युनियनले असहाय, बेसहारा, वृद्धहरुसँग माया र सद्भाव साट्ने उद्देश्यले आश्रममै पुगेर स्थापना दिवस मनाइएको जनाएको छ । राजनीतिक दलहरुसँगै पुगेको पत्रकारको टोलीले त्यहाँ रहेका २५ जना असहाय, बेसहारा, वृद्धवृद्धाहरुलाई फलफूल समेत बाँडेको छ । पत्रकारसँगै आश्रममा पुगेका नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारले असहाय, बेसहारा, वृद्धवृद्धाप्रति देखाएको सद्भाव प्रशसनिय रहेको बताउनुभयो । उहाँले लोकतन्त्र स्थापनामा पत्रकारहरुले खेलेको भूमिकाको स्मरण गर्दै नेपाली काँग्रेसले पत्रकारहरुको पेशागत सुरक्षामा विशेष ध्यान दिनेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका उपसभापति तथा युनियन पाल्पाका संस्थापक सभापति झपेन्द्र गहिरेले युनियनले स्थापना दिवसमा रचनात्मक कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो । श्रमिक, असहाय, अशक्त र वृद्धवृद्धाहरुको पक्षमा सधै युनियनका पत्रकारले कलम चलाउँदै आएको युनियनका जिल्ला सभापति भरत शर्माले बताउनुभयो । उहाँले भन्नुभयो ‘जहिले पनि यि वर्गका व्यक्तिहरु पत्रकारको प्राथमिकतामा पर्ने भएकाले पनि युनियनको स्थापना दिवस उहाँहरुसँगै बसेर मनाएका हौं ।’ आगामी दिनमा पनि रचनात्मक कार्यक्रमहरु गर्दै जाने सभापति शर्माले बताउनुभयो ।

निलसागर आश्रमका संयोजक देव प्रसाद बज्राचार्यले पत्रकारहरुले आश्रममा रहेका नागरिकहरुप्रति देखाएको माया र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिन्भयो । उहाँले सहयोगी दाताहरुको सहयोगमा आश्रम सञ्चालन गर्दै आएको बताउनुभयो । प्रचार–प्रसार हुन नसक्दा बत्ति मुनिको अध्याँरो जस्तै आश्रम बन्न पुगेकाले त्यसको प्रचार प्रसार गरिदिन उनले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
बजेटमाथि विपक्षी : ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीबारे इयुलाई बेइजिङको चेतावनी पाल्पाका एक वडाध्यक्षको पद गुम्यो रानीशैना गोठ आगलागी र लुटपाटको हल्ला निराधार, प्रहरीले भन्यो– घटना पुष्टि भएन प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई बुटवलका सुनचाँदी पसलमा चोरी : चोरी प्रयासमा संलग्न आठ जना पक्राउ आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण चित्तबुझ्दो नभएको काँग्रेसको निष्कर्ष, तर बजेट छलफलमा सहभागी हुने ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ