काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–३ छोनहुपस्थित श्रीपाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले शुक्रबार श्रीपाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवन उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाउँपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । ‘भारत-नेपाल विकास सहकार्य’ कार्यक्रम एवं उच्च प्रभाव सामुदायिक विकास परियोजनाअनुरूप भारतको अनुदान सहयोगमा कुल नेपाली रुपैयाँ दुई करोड ६३ लाखको लागतमा स्तरोन्नति गरिएको परियोजना जिल्ला समन्वय समिति मुस्ताङले कार्यान्वयन गरेको हो ।
सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा चार सय ७० परियोजना सम्पन्न भइसकेका र तीमध्ये मुस्ताङका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेको दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर