जहाज दुर्घटनामा सबै यात्रुको मृत्यु भएको खबरले प्रधानमन्त्री दुःखी

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २२ जनाको ज्यान जानेगरी तारा एयरको जहाज दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

‘पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुःखी भएको छु,’ प्रधानमन्त्री देउवाले आज समाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज आइतबार विहान सम्पर्क विहिन भएको थियो । उक्त जहाज आज विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबै जनाको मृत्यु भएको छ ।

‘यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्य र यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले भन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?