सत्तारुढ गठबन्धनको बैठक: बाँकी कार्यपालिका सदस्यको निर्वाचनमा पनि सहमति गरेर अघि बढ्ने निर्णय

Read Time = 3 mins

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले गठबन्धन देशको आवश्यक्ता भएकोले आवश्यक्ता पूरा नहोउन्जेलसम्म कायमै रहने बताउनु भयो । मन्त्री कार्कीले संविधानको परिकल्पना गरेको समयसीमा भित्र नै आवधिक निर्वाचन हुनेपनि स्पष्ट पार्नुभयो ।

त्यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनका बारेमा बेठकमा छलफल भएको बताउनु भयो । उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको स्पष्ट पार्नुभयो ।

पाँच दलीय गठबन्धनको बैठकमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, वरिष्ठ नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरुको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?