बजेटबाट सेयर लगानीकर्ता निराश

Read Time = 2 mins

काठमाडौं । सरकारले ‘पपुलिस्ट’ बजेट ल्याए पनि सेयर बजारका लगानीकर्तामा भने उत्साह देखिएन । सोमबार सेयर बजार ५०.३३ अंकले घटेको छ । पाँचवटा कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको मूल्य घटेको छ । यस दिन दुई सय २७ कम्पनीका सेयर कारोबारमा आउँदा दुईवटाको स्थिर, पाँचवटाको वृद्धि, बाँकी कम्पनीको सेयर मूल्य घटेको छ ।

विभिन्न कम्पनीका ३४ लाख ५६ हजार पाँच सय २९ कित्ता सेयर एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बलेफी हाइड्रो, उपकार लघुवित्तको सेयर मूल्य साढे आठ प्रतिशतदेखि १० प्रतिशतसम्म बढेको छ भने गणपति लघुवित्तलगायत केही सामूहिक लगानी कोषका इकाईको मूल्य बढेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । ज्योति लाइफ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, युनाइटेड इदी मर्दी, आरबी हाइड्रोपावरलगायतको सेयर मूल्य पनि उच्च अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?