इन्नोसिएसआर र एनएमबी बैंकबीच साझेदारी

Read Time = 2 mins

काठमाडौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी इन्नोसिएसआर र एनएमबी बैंक अफ नेपालले नेपालमा गुड ब्रिक्स सिस्टम (जिबिएस) लाई प्रवद्र्धन र शीघ्ररूपमा अघि बढाउन नयाँ साझेदारी घोषणा गरेका छन् । गुड ब्रिक्स सिस्टम इन्नोसिएसआरद्वारा यसको गुड सोयल स्टेबिलाइजर प्रयोग गरी विकास गरिएको नन-फायर इँटा उत्पादन प्रविधि हो ।

सोमबार एनएमबी बैंकका प्रमुख लगानी अधिकृत श्रीजेश घिमिरे र इन्नोसिएसआरका प्रमुख कार्यकारी अधिकृत साम युन सुकलीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।

सम्झौताअनुसार एनएमबी बैंकले बहुपक्षीय विकास बैंक, गैरसरकारी संस्था, सरकार र अन्य वित्तीय संस्थालगायतका विभिन्न स्रोतबाट गुड ब्रिक्स सिस्टमसम्बन्धी बाहृय कोषका लागि एजेन्ट बैंकका रूपमा काम गर्नेछ । एनएमबी बैंकले इँटाभट्टा सञ्चालकहरूलाई गुड ब्रिक्स सिस्टम लागू गर्न आवश्यक लगनशीलता र प्रक्रियाहरू पूरा गर्न ऋण, जमानत, मिश्रित वित्तीय उपकरणद्वारा वित्तीय सहयोग पनि उपलब्ध गराउनेछ ।

इन्नोसिएसआरद्वारा विकसित गुड सोइल स्टेबिलाइजर एक विशेष रसायन हो, जसले कडा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने इँटाका लागि आवश्यक गुणस्तरमा पुग्न माटो र सिमेन्टबीच बाइन्डिङ गर्न सक्षम बनाउँछ । गुड ब्रिक्स सिस्टमले सोइल स्टेबिलाइजर प्रयोग गरी इँटा उत्पादन गर्ने प्रक्रिया, इन्डोर कारखानामा इँटा उत्पादन गर्न हाइड्रोलिक मेसिनको प्रयोग गर्छ, जसबाट वर्षभरि कोइला प्रयोग नगरी गुणस्तरीय इँटा उत्पादन गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?