मुलुकमा हामी सबैले सधैं समस्यालाई मात्र उजागर ग¥यौं । सम्भावनाका अवसरलाई पहिचान गर्ने प्रयाश गरेनौं । हो, देशको राजनीतिक, आर्थिक, सामाजिक अवस्थामा परिवर्तन ल्याउन कुशल नेतृत्व र स्पष्ट नीति आवश्यक हुन्छ । यी सबै अवस्था समय अनुसार परिवर्तन भइरहन्छ । कुनै कालखण्डमा कुशल नेतृत्व पनि थियो र स्पष्ट नीति पनि थियो । मुलुकको सबलपन र दुर्बलपन समयचक्रसँगै घुमिरहेको हुन्छ । समयचक्र कहिले वृद्धिमा पुग्छ, कहिले समृद्धि, कहिले सुस्ति, कहिले मन्दी आदि । हाल नेपाल मन्दीको अवस्थाबाट गुज्रिरहेको छ । चुनौतीसँगै अवसर पनि आइरहेको हुन्छ, वर्तमान यो परिस्थितिलाई समस्याको रूपमा होइन, अवसरको रूपमा लिनुपर्छ । किन भने हरेक चिज बिग्रेपछि बनाइन्छ ।
अहिले नेपालको विद्यमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाले एउटा कुशल नेतृत्वको खोजी गरिरहेको छ । एउटा कुशल राजनीतिज्ञले नेतृत्व गर्न पायो भने पूर्णतः परिवर्तनको प्रयत्न गर्छ । त्यसले बलियो जग निर्माण गर्छ । बलियो जग बलियो व्यवस्थाको परिचायक हो । व्यक्तिको शक्तिले होइन, व्यवस्थित प्रणालीको बलले मुलुकमा सुशासनको अभ्यास र समुन्नतिको जग बस्छ । नयाँ पुस्ताले समुन्नति खोजी रहेको छ । यो चासोसहित नेतृत्वको चर्चा हुनु सान्दर्भिक पनि मान्नुपर्छ । किन भने राजनीति संवेदनशीलता र सम्भावनामा दुवै अवसर र चुनौतीले भरिएको हुन्छ ।
योजना आयोगले पञ्चवर्षीय योजनाहरूको तर्जुमा गर्दछ । सरकार परिवर्तनसँगै योजनाका प्राथमिकता परिवर्तन हुँदै जान्छन् । यसरी योजनाहरूको सही कार्यान्वयन नहुँदा नेपालको कतिपय पूर्वाधारमा दिगो विकासका पनि समस्या देखिएका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रभावले विश्वभरिकै राजनीतिक परिदृश्यहरूलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा उतारचढाव आइरहेको छ । सानातिना घटनाक्रमले राजनीति र सामाजिक परिवेशलाई संवेदनशील बनाउँदै लगेको छ । प्रविधिको विकाससँगै यसको प्रभावले समाजमा सकारात्मक र नकारात्मक दुवै पक्षहरू सक्रिय बन्न सक्छन । तसर्थ यो विषयमा पनि बहस हुन जरुरी छ । नयाँ पुस्ताले एउटा दूरदर्शी राजनीतिक नेतृत्व खोजिरहेका छन् वर्तमान र भविष्यले कुशल नेतृत्वलाई आवाहृन गरिरहेको छ । नेपालमा पनि समय कालखण्डमा कुशल नेतृत्वको जन्म नभएको होइन । तर वर्तमानमा त्यस्ता नेतृत्वको चरम मन्दी देशले भोगिरहेको छ ।
विश्वले अभ्यास गरिरहेको गणतन्त्र ल्याएपछि त के केन हुन्छ भन्न थालियो । गणतन्त्र ल्याइयो, मुलुक संघीयतामा गयो । देशमा ७६१ वटा सरकार बने । शहरीकरणको विकास गरियो, जताततै नगर घोषणा गरेर अधिक नागरिकलाई नगरबासी बनाइयो । नगरवासीले पाउने सुविधाभन्दा पनि नगरवासी भएकाले तिर्नुपर्ने कर राजस्वले नागरिकको ढाड सेकिरहेको छ । नेपालमा दशकैपिच्छे व्यवस्था बदलियो तर अपेक्षा अनुरूप जनताको जीवनस्तर बदलिएन । संविधानले तीन तहको प्रशासनिक संरचना निर्माण गर्यो, संविधानले धेरै कुराको परिकल्पना त ग¥यो तर कतिपय कानुनका अभावले अझै कार्यान्वयनमा आउन सकेका छैनन् । नवपुस्ताले चाहेको जस्तो धेरै परिकल्पना संविधानमा उल्लेख छन् । त्यसले आमअपेक्षालाई पूर्णरूपमा सम्बोधन गर्न सकेको छैन । तसर्थ यी सबै वितृष्णालाई चिर्न एउटा कुशल मियोको चाहना बढिरहेको छ ।
मुलुकलाई नेतृत्व गर्ने राजनीतिज्ञले देखाउने देशभक्ति र राष्ट्रियता कस्तो छ, त्यस विषयमा नागरिकको चासो भएन । तर कुशल नेतृत्वले आफूले शासकीय राजकाज सम्हाल्नुभन्दा पहिले समयको महत्व र मागलाई अध्ययन विश्लेषण गरेर तयारी गर्न सकेन । नेतृत्व योजना र कार्यक्रम बोकेर सिंहदरबार प्रवेश गनुपर्ने त्यो उसमा भएन । अध्ययन विश्लेषणबाट ऊ टाढै बस्यो । बलिया पाखुरा, लगानी क्षमता र सर्वसाधारणमा डरत्रास सिर्जना गर्नसक्ने सक्षम नेपाली नागरिकले मात्र नेतृत्व गर्न पाए । जसका कारण आमनागरिकलाई धन जोगाउन कठिन, छोरी चेली जोगाउन कठिन, व्यापार व्यवसाय जोगाउन कठिन, ज्यान जोगाउन कठिन बन्दै गयो । आज गणतन्त्रमा अरू जंगली जनावरको डरभन्दा पनि मानिसबाटै मानिसलाई डर सिर्जना भइरहेको छ ।
शान्ति र सुरक्षाको बलियो प्रत्याभूत हुनका लागि राजनीतिक स्थिरता एउटा महत्वपूर्ण पक्ष मानिन्छ । नेपालमा पछिल्लो समयमा छिटोछिटो धेरै सरकार परिवर्तन भए । राजनीतिक स्वार्थले सरकारको अविच्छिन्नतामा रोक लगाइरहेको छ । योजना आयोगले पञ्चवर्षीय योजनाहरूको तर्जुमा गर्दछ । तर, एउटै नेतृत्वले त्यस्तो योजनाको कार्यान्वयन गर्न पाउँदैन । सरकार परिवर्तनसँगै योजनाका प्राथमिकता परिवर्तन हुँदै जान्छन् । यसरी योजनाहरूको सही कार्यान्वयन नहुँदा नेपालको कतिपय पूर्वाधारमा दिगो विकासका पनि समस्या देखिएका छन् । राजनीतिमा प्रवेशका अनेक विकल्प छन् तर त्यसका निकाश यथेष्ट छैनन् कम छन् । समयानुकूल पुस्तान्तरण हुननसक्दा लोकतन्त्र कमजोर बनेको छ । समय अनुसारको नेतृत्व चयन हुन नसक्दा नवपुस्तालाई राजनीतिप्रति आकर्षण कम छ ।
पछिल्लो समय बारबार तिनै नेताहरू दोहोरिरहेको परिस्थितिले आमनेपालीमा नेतृत्वप्रति वितृष्णा चुलिँदो छ । विगत तीन दशकदेखि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यिनै नेतृत्वले शासकीय राजकाज सम्हालिरहेका छन् । तर, अपेक्षाकृत उपलब्धि हासिल हुनसकेको छैन । जीवनको उत्तरार्धमा पनि सत्ता संघर्षमा जुधिरहँदा उनीहरूमाथि आमरूपमा आक्रोश बढ्दो छ । राजनीतिक परिवर्तनका लागि यिनको योगदान रहे पनि पछिल्ला दिनमा आममानिसमा भने वितृष्णा बढ्दो छ । नेतृत्वको मपाइँत्वकरण, देवत्वकरण, नातावादा, कृपावाद जस्ता सोचका कारण सामाजिक रूपमा अपेक्षाकृत नेतृत्वविहीनताको परिस्थिति देखिन्छ । राजनीतिक स्थायित्वको विकल्पमा भन्दा वितृष्णामा नै राजनीति रुमल्लिइरहेको छ ।
नेपाल राजनीतिक र कूटनीतिक संवेदनशीलताका हिसाबले त अहिले निकै चासोपूर्ण भूराजनीतिक परिवेशमा देखिन्छ । यस्तो अवस्थामा सन्तुलित कूटनीति नेपालका लागि हितकर हुन्छ । विदेश नीतिमा तय भएका मूल्यमान्यता र सिद्धान्त अनुसारको कूटनीतिक अभ्यास र यसको उपयोग नेपालका लागि आवश्यक छ । पछिल्लो समय कूटनीतिक कौशलतामालाई नेपालले जोगाउन नसकेको परिस्थिति अन्तर्राष्ट्रिय मञ्चहरूमा देखिन्छन् । जसका कारण आन्तरिक र बाहृय राजनीतिक दबाबले नेपालको सक्षमता खस्किँदै गइरहेको हो ।
मुलुकको भूराजनीतिक अवस्थिति निकै संवेदनशील अवस्थामा छ । विश्वकै आर्थिक, सैन्य, जनसंख्या र भूगोलको सम्पन्नताको शीर्षस्थ तहतिर उन्मुख उत्तरी छिमेकी चीन र विश्वकै धेरै जनसंख्या, उदीयमान आर्थिक सम्पन्नता, सैन्य र भूगोलको सम्पन्न दक्षिणी छिमेकीबीच नेपालको सम्बन्धमा माधुर्यमात्रै छैन । कहिलेकाहीं उतारचढाव पनि देखिन्छन् । दुई छिमेकी मुलुकसहित विश्वका सम्पन्न अमेरिका, युरोपको पनि नजर नेपालमा परिरहेको दृष्टान्त छन् । यस्तो अवस्थामा दुवै मुलुकसँगको सम्बन्धलाई सन्तुलनमा लिएर नेपालको हितमा विदेश नीतिको प्रभावकारिता नेतृत्वले देखाउन सक्नुपर्दछ । यस्तो अवस्थामा नवपुस्तालाई नेपाल विधि र स्थायित्वतर्फ अग्रसर छ है भन्ने आशा देखाउने नेतृत्व आवश्यक छ ।
कसरी बन्न सक्छ ?
सर्वप्रथमतः नेपाल अधिराज्यलाई पूर्णत सम्बोधन गर्ने संविधान अत्यावश्यक हुन्छ । संविधान प्रति आमनेपालीको सर्वस्वीकार्यता र अपनत्व जरुरी छ । निर्मित संविधानलाई नै संशोधनमार्फत नरम र कार्यान्वयनमा बलियो बनाउन सकिन्छ यो नै पछिल्ला नवपुस्ताको माग हो । संविधान बलियो र व्यापकता बनाउनु नै कार्यान्वयन उन्मुख हुनु हो । विश्वकै इतिहासलाई हेर्दा नेपालको यो संविधान व्यवस्थित, विकसित र अग्रगामी छ । संविधानले नै नागरिकको हकहितदेखि राज्य शक्तिको नियन्त्रण र सन्तुलनको परिकल्पना गरेको छ । यसको सुनिश्चितताका लागि राज्यका निकायहरूबीचको सामूहिक नेतृत्वदायी भूमिका अपरिहार्य छ ।
नवपुस्ताको चाहना संविधान र नयाँ व्यवस्थाकलाई समुन्नत व्यवस्थाका रूपमा कार्यान्वयनमा ल्याउने हो । सचेत नवपुस्ता लोकतान्त्रिक व्यवस्था र संवैधानिक सर्वोच्चताप्रति पक्कै विश्वस्त रहन्छन् । तर, संविधान जारी भएको आठ वर्षमा पनि संविधान कार्यान्वयनका लागि आवश्यक महत्वपूर्ण कानुन अझै बन्न सकेका छैनन् । कानुनी शासन र सुशासनमा प्रतिबद्धता नेतृत्वमा हुनुपर्ने अपरिहार्य गुण हो । कानुनी छिद्रबाट स्वार्थप्रेरित शासन गर्न चाहने होइन कि कानुनको यथार्थ अभ्यास र सुशासनमा जिम्मेवार नेताको खाँचो छ । राजनीति र प्रशासनिक नेतृत्वहरूले आफूखुशी निर्णय गर्दा बेथितिले चरम सीमा नाघिरहेको छ । खस्किँदै गएको सुशासन र मौलाउँदै गएको कुशासन सुधार गरी कानुनी शासन र सुशासनको जग बसाल्ने दृढ नेतृत्व नवपुस्ताको रोजाइमा छ ।
कृषि, उद्योग, पर्यटन र ऊर्जा नेपालका समुन्नतिका आधार हुन् । विगतमा यस्ता पूर्वाधारको समष्टिगत रूपमा विकासको योजनाहरू तर्जुमा भए पनि खासै उपलब्धिमूलक देखिएनन् । सामाजिक-आर्थिक रूपान्तरणका लागि स्वदेशमा युवा रोजगारीको नेतृत्व अपरिहार्य छ ।
संघीयता कार्यान्वयनसम्बन्धी कानुन लामो समयसम्म निर्माण नहुँदा व्यवस्थाप्रति नै वितृष्णा सहितका जनगुनासा आउन थालेका छन् । संघीयताको आर्थिक, राजनीतिक र प्रशासनिक विकेन्द्रीकरण र सबलीकरणमा भन्दा दोहन र दुरुपयोगमा प्रादेशिक संरचना व्यस्त देखिन्छ । संघीयताको मर्म र जनभावनानुरूप सुशासनको प्रत्याभूत हुनुपर्ने तर नेतृत्व अनियमितताको हिमायती बनिरहृयो । यस्तो बेथितिलाई चिर्न र संघीयतालाई सबल बनाउन एउटा निडर नेतृत्व नवपुस्तामा जान आवश्यक छ र जान्छ पनि ।
मुलुकको राजनीतिलाई नयाँ गति, ऊर्जा र आशा जगाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गनुपर्ने आवश्यक्ता भैसकेको छ । राजनीतिमा नयाँ र युवा पुस्ताको भूमिका तथा सहभागिता सुनिश्चित हुनेगरी सैद्धान्तिक, वैचारिक र सांगठनिक रूपमै नयाँपन र दृष्टिकोण दिनसक्ने नेतृत्व मुलुकले खोजिसकेको छ । दिगो विकासको सूचकांक, सुशासनको मापन र विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि पनि राजनीतिक अस्थिरताले नै तगारो लगाएको छ । यस्तो तगारोले सहजता दिन सकेन भने व्यवस्थाको परिवर्तन, नागरिकका अधिकारको स्थापना, राजनीतिक अधिकारः प्रतिनिधित्व, सहभागिता र समावेशीका लागि पुनः संघर्ष हुन्छ । अब समुन्नत नेपाल निर्माणका लागि सामाजिक–आर्थिक रूपान्तरण मुख्य विषय हुन् । माटो सुहाउँदो मौलिक र दिगो विकासको नेतृत्वकर्ता नवपुस्ताको हातमा पुग्नेछ ।
कृषि, उद्योग, पर्यटन र ऊर्जा नेपालका समुन्नतिका आधार हुन् । विगतमा यस्ता पूर्वाधारको समष्टिगत रूपमा विकासको योजना तर्जुमा भए पनि खासै उपलब्धिमूलक देखिएनन् । सामाजिक-आर्थिक रूपान्तरणका लागि स्वदेशमा युवा रोजगारीको नेतृत्व अपरिहार्य छ । तर हाम्रो जस्तो सक्रिय जनशक्तिको धेरै भएको मुलुकमा रोजगारीका सवालहरू कम मात्रामा उठ्छन् । रोजगारीका सम्भावनाहरू र प्रतिस्पर्धात्मक क्षेत्रहरूको पहिचान भए पनि संख्यात्मक रूपमा स्वदेशमै रोजगारी कम मात्रामा छ । यो नै नेपालको मुख्य समस्या हो । यदि पर्याप्त रोजगारीको सुनिश्चितताले गरीबी न्यूनीकरण र समुन्नत राष्ट्र निर्माण गर्न सक्दा रोजगारीका लागी भौतारिरहनु पर्दैन ।
हाम्रा विश्वविद्यालयबाट वार्षिक ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन तर बढीमा १५ प्रतिशतले मात्र रोजगारी पाउन सकेका छन् । हाल दैनिक करिब २५ सय युवा विदेशिरहेका छन् । रेमिट्यान्सले अर्थतन्त्र त चलायमान भएको छ तर आन्तरिक उत्पादनमा आत्मनिर्भरता छैन । अब युवा रोजगारी र आन्तरिक उत्पादनलाई जोड दिन सक्ने नेतृत्व चाहिएको छ । आर्थिक सम्पन्नतामात्र अबको ध्येय होइन कि सामाजिक न्यायसहितको आर्थिक उन्नति हो । अहिले सुशासन र सामाजिक न्यायमा युरोपियन मुलुक अगाडि आउनुको मुख्य कारण नागरिकमैत्री सामाजिक न्याय हो । अब मुलुकले सोही नेतृत्व खोजिरहेको छ ।
संविधानले उल्लेख गरेको लोककल्याणकारी राज्यमा गुणस्तरीय शिक्षा र स्वास्थ्य, सुरक्षित आवास, स्वच्छ पर्यावरण, सामाजिक सुरक्षाको सुनिश्चितता अपरिहार्य छ । नागरिकमैत्री शासन व्यवस्था र सुशासन नेपालका लागि प्राथमिकता पनि हुन् । सामाजिक–आर्थिक सूचकहरूको दिगो विकासका लागि केन्द्रित नेतृत्व नवपुस्ताले अपेक्षा गरेको छ । नवपुस्तालाई उद्यमशीलतातर्फ अग्रसर र आकर्षण गर्न सक्ने, उच्च आम्दानीका आयस्रोतहरूको पहिचान र त्यहाँ सहभागी गराउने, खेल तथा नवीन सिर्जना, सूचना तथा प्रविधि, खोज तथा अनुसन्धान, स्वदेशमै पौरख गर्ने, सामाजिक रूपमा जिम्मेवार गराउन सक्ने राजनीति नेतृत्व अब आउनुपर्छ । मुलुकको स्वाभिमान र सार्वभौमिकतामा कुनै पनि सम्झौता नगरी सन्तुलित र लाभकारी कूटनीतिको नेतृत्व मुलुकले खोजेको छ ।
नेपालको विकासका लागि छिमेकी सहित अन्य मुलुकको सहयोग, साथ र समर्थन अत्यावश्यक पनि हो । सन्तुलित विदेश नीतिका साथै छिमेकीसँगको सुमधुर सम्बन्ध, सहकार्य र सहअस्तित्वबाट विमुख हुनुहुँदैन विषयमा नेपालीहरू सचेत बनिसकेका छन् । बदलिँदो राजनीति, शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र, शिक्षा, नयाँ प्रविधि, युवा दिगो पूर्वाधार, पर्यावरण र जलवायु परिवर्तन, स्वास्थ्य र पोषण कृषि, पर्यटन, हरित औद्योगिकीकरण, स्वदेशमै रोजगारी र सुधारिएको राजनीतिक संस्कार बन्नेछ । दिगो आर्थिक उन्नति, गरिबी न्यूनीकरण, विभेदरहित समाज, सामाजिक न्याय, सामाजिक सुरक्षा, कृषक र श्रमको सम्मान गर्ने समाजको परिकल्पना अबको नेतृत्वको कार्यशैलीमा देखिनुपर्दछ । देखिन्छ नै ।
परिवर्तन आवश्यक्ताले निर्धारण गरिरहेको हुन्छ । कुनै वस्तु वा नीति नियम मानवीय आवश्यकता वा परिस्थिति अनुरूप बन्दै जान्छन् । हो पुरानो भयो भने नयाँ लिनुपर्छ । बिग्रियो भने बनाउनुपर्छ । प्वाल परेको ठाउँमा टालो हाल्नुपर्छ । यो पनि परिवर्तन जन्य परिस्थिति हो । नागरिकमा खुशी, सुशासन कायम, कानुनी राज्य निर्माण, विधिको शासन सञ्चालन गर्न असल राजनीति र कुशल नेतृत्वका हातमा रहन्छ । यसर्थ, आउँदा दिनमा राजनीतिमा दूरदर्शी नेतृत्वले विकास र राज्यकै समुन्नत पहिचान स्थापित गराउँछन् । सकारात्मक सोचसहितको सक्षम, सक्रिय र सदाचार नेतृत्व मुलुकले पाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच